नक्कली छाप र दस्तखत प्रयोग गरी बैंकबाट १० लाख झिक्ने युवक पक्राऊ

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ४१


काठमाडौं । चेकमा नक्कली छाप र दस्तखत प्रयोग गरी बैंकबाट १० बढी रुपैयाँ झिक्ने युवक पक्राऊ परेका छन् । मकवानपुर घर भई हाल ललितपुर को सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ । अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्