उपसभामुख भूसालद्धारा सपथ ग्रहण

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ०८


काठमाडौं । शुक्रबार निर्वाचित भएकी उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि दुई वर्षसम्म उपसभामुख पद रिक्त थियो । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा भुसाल गत शुक्रबार उपसभामुख निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्