नेपाल र स्कटल्यान्डको खेल सुरुः सुरुमै नेपालको विकेट गयो

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ३०


काठमाण्डौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड त्रिकोणीय सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । नामिबियासमेत सहभागी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।

नामिबियासँगका दुबै खेल हारेको नेपालले स्कटल्यान्डलाई हराएको थियो । आइतबार सिरिजको अन्तिम खेलमा घरेलु टिम स्कटल्यान्ड र नेपालबीच खेल भइरहेको हो ।

टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिंग्स सुरु गरेका थिए । भुर्तेल टिमको स्कोर ५ रन हुँदा आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा ७ रन बनाउँदा एक विकेट गुमाएको छ ।


प्रतिक्रिया दिनुहोस्