मोदीलाई नभेटी प्रचण्ड आज फर्कने

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ३५


काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट स्थगित भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम भएको बताइए पनि अन्तिममा आएर स्थगित भएको बताइएको छ ।

भ्रमणको अन्तिम दिन आज प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्