प्रचण्डसँगको भेटमा भारतीय विदेशमन्त्रीले भनेः नेपालको विकासमा भारत सँधै भरपर्दो साझेदार

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ३७


काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन ।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’


प्रतिक्रिया दिनुहोस्