फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी गर्दा २ जनाको मृत्यु, ७ घाइते

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ४८


पेरिस । पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीका अनुसार सो दुर्घटनामा भाइबहिनीका आमाबुवासहित अन्य सात जना घाइते भएका छन्।

दुर्घटना राति ११ः०५ बजे भएको थियो।

दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको बीएफएमटीभीले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्