पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ५८


काठमाडौं । सत्तागठबन्धनकी उम्मेद्वार पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएकी छन्।

भुसाल १ सय ४८ मत पाउँदै उपसभामुखमा निर्वाचित भएकी हुन् ।

२ सय ४२ सांसद उपस्थित थिए। जसमध्ये १ सय ४८ मत उनको पक्षमा खसेको थियो भने ९३ विपक्षमा मत दिएका थिए। यस्तै १ मत भने तटस्थ रहेको थियो।

भुसाललाई नेकपा सांसद देव गुरुङले प्रस्ताव गरेका थिए भने सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावलाई समर्थन गरेकी थिइन्।

यता गठबन्धनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको साथ पाएर प्रतिस्पर्धा गरेकी एमाले सांसद विद्या भट्टराईलाई सांसद शान्ता चौधरीले प्रस्ताव गरेकी थिइन् भने सांसद कृष्णभक्त पोखरेलले उक्त प्रस्तावको समर्थन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्