‘चीन र रुसलाई घेर्न मध्यपूर्व एसियामा नेटोजस्तै सैन्य गठबन्धन तयर गर्दै अमेरिका’

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ०१


काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन यतिबेला मध्यपूर्व एसियाको भ्रमणमा छन्। तर बाइडेनको भ्रमणको असर भने चीनमा देखिन थालेको छ।

चिनियाँ संचारमाध्यमहरुले बाइडेनको यस भ्रमणलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु जनाउन थालेका छन्।

चिनियाँ संचारमाध्यमहरुको यो आरोप छ कि मध्यपूर्व एसियामा चीन, रुस र इरानलाई घेर्न अमेरिकाले ‘नेटोको मध्यपूर्व संस्करण’ तयार गर्न खोजिरहेको छ।

बाइडेन मध्यपूर्व भ्रमणका क्रममा हाल इजरायलमा छन्। त्यहाँ पुगेर उनले इजरायलसँग इरानलाई आणविक हतियार सम्पन्न हुन नदिन एक हुने सहमती गरे। १३ देखि १६ जुलाईसम्म उनको भ्रमण तय छ।

आज उनले इजरायलसँग विवाद चलिरहेको प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बाससँग पनि भेटघाट गर्दैछन्। त्यसपछि उनी खाडी सहयोगी परिषदको शिखर सम्मेलनमा भाग लिन साउदी अरब जानेछन्।

गत जुलाई ९ मा मात्र अमेरिकी राष्ट्रपति बाइडेनले वासिङ्टन पोस्टमा एक लेख लेखेका थिए त्यहाँ उनले मध्यपूर्वमा हुने भ्रमण अमेरिकी सुरक्षा र चिनियाँ चुनौतीको विषयमा महत्वपूर्ण हुने बताएका थिए।

सोही लेखको आधारमा चिनियाँ मिडियाले बाइडेनले यस भ्रमणका क्रममा नेटोजस्तै सैन्य गठबन्धनको आह्वान गर्ने आरोप लगाएका हुन्।

अमेरिका र चीन यतिबेला वैश्विक प्रतिद्वन्द्वी हुन्। चीन अर्थतन्त्र तथा प्रविधिको हिसाबमा अमेरिका बराबर हुन लागिसकेको अवस्था छ। यस्तोमा यी दुई देशबीच बौद्धिक चोरी, गलत व्यापार प्रणाली, मानवअधिकार लगायतको विषयमा चर्को मतभेद छ।

अमेरिकाले लगातार चीनलाई घेर्नको लागि उपाय अपनाइरहेको छ। अमेरिका, भारत, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड समूह त्यसमध्ये एक हो। क्वाडले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभुत्वलाई कम गर्ने र चीनको आक्रामकताको विरोध गर्ने वाचा गरेको छ। बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्