अपर तामाकोसीले १० अर्ब ५९ करोडको सेयर निष्कासन गर्ने

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४१


काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बिहीबार (असार ३० गते) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन  गर्ने निर्णय गरेको हो ।

बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्