५६ वर्षे मोदीसँगको प्रेममा अभिनेत्री सुस्मिता सेन

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ०७


काठमाडौं। भारतकी चर्चित अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुस्मिता सेना आफूभन्दा १० वर्षले जेठो व्यक्तिसँगको प्रेममा रमाइरहेकी छिन्।

इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष ५६ वर्षे ललित मोदीले सुस्मितासँगको प्रेम स्वीकारेसँगै यो विषय सार्वजनिक भएको हो।

बिहीबार राति सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा मोदीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

सेनसँगको तस्वीर उनले ट्विटर र इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु सम्बन्धमा रहेको खुलासा गरेका हुन्।

५६ वर्षका मोदीले ट्वीटमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेर उल्लेख गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘विवाह गरिएको छैन, त्यो पनि एकदिन हुनेछ, अहिले केवल एक अर्कालाई डेट गर्दै छौं।’

सन् २०१० मा पनि मोदी र सेन सम्बन्धमा रहेको चर्चा चलेको थियो।


प्रतिक्रिया दिनुहोस्