डोनाल्ड ट्रम्पका पहिलो श्रीमती इभानाको ७३ वर्षको उमेरमा निधन

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ३७


काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पहिलो श्रीमती इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ।

इभाना र डोनाल्ड ट्रम्पबीच सन् १९७७ मा विवाह भएको थियो। १९९२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए।

ट्रम्प टावरसहित अन्य विभिन्न भवन बनाउन इभानाले ट्रम्पको मद्दत गरेकी थिइन्। उनीहरुबाट इभान्का ट्रम्प, इरिक ट्रम्प र डोनाल्ड ट्रम्प जुनियर गरी तीन सन्तान जन्मिएको थियो।

ट्रम्पको दोस्रो श्रीमती मार्ला मेपल्स हो। सन् १९९३ मा विवाह गरेका उनीहरुले सन् १९९९ मा सम्बन्धविच्छेद गरेका थिए।

ट्रम्पको तेस्रो विवाह मलेनिया ट्रम्पसँग भएको छ। सन् २००५ यता उनीहरुसँगै छन्।

Ivana Trump's memoir: Look back at 8 revelations - ABC News


प्रतिक्रिया दिनुहोस्