दिल्ली उड्नुअघि प्रचण्डले भने– छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २०


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् । दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको बताउँदै प्रचण्डले भने, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ, उहाँ(लिउ)ले तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ ।’


प्रतिक्रिया दिनुहोस्