भारतीय मुलका ऋषि बेलायती प्रधानमन्त्रीका बलिया दाबेबार, दोस्रो मतदानमा सबैभन्दा अगाडि

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ५४


काठमाडौं। भारतीय मुलका ऋषि सुनक बेलायती प्रधानमन्त्रीमा सबैभन्दा बलिया दाबेदारको रुपमा देखिएका छन्।

सुनक दोस्रो चरणको मतदानमा पनि सबैभन्दा अगाडि रहेका छन्। बीबीसीका अनुसार दोस्रो चरणको मतदानमा उनले १०१ सांसदको समर्थन पाएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी पेनी मोरडुएन्टभन्दा १८ भोट बढी पाएका हुन्।

कन्जर्भेटिभ पार्टीका मन्त्रीहरुले धमाधम राजिनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको कार्यकाल संकटमा परेको थियो। जसकारण पार्टीले प्रधानमन्त्रीको लागि नयाँ मुहार खोजिरहेको हो।

प्रधानमन्त्री हुन चाहने पाँच नेतामध्ये पूर्व अर्थमन्त्रीसमेत रहेका ऋषि सुनक कन्जर्भेटिभ पार्टीमा सबैभन्दा लोकप्रिय देखिएका छन्। उनको प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ।


प्रतिक्रिया दिनुहोस्