गाँजाको वैधानिकताबारे वकालत गर्न नेपाल गाँजा पार्टी गठन हुँदै

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : १४


काठमाडौं। गाँजाको वैधानिकताबारे वकालत गर्न नेपालमा अर्को साता नेपाल गाँजा पार्टी गठन गर्ने तयारी भइरहेको छ।

गाँजा हाल नेपालमा प्रतिबन्धित छ। यद्यपी विश्वबजारमा गाँजाको राम्रो व्यापार छ र यसबाट औषधि पनि बनाउन सकिन्छ।

गाँजालाई वैधानिक बनाउन केही समूहले लामो समययता पहल कदमी गरिरहेका छन्। नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाका अनुसार हाल नेपाल गाँजा पार्टीको विधान लेख्ने काम भइरहेको छ।

नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले रातोपाटीलाई जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्