हर्क साम्पाङ राई र रवि लामिछानेबीच भेटवार्ता

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ५५


काठमाडौं। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र रवि लामिछानेबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेपछि यतिबेला पार्टी प्रमुख रहेका लामिछाने देशव्यापी संगठन विस्तारमा व्यस्त छन्।

सोही क्रममा उनी धरान पुगेका हुन्। उनले यसअघि हर्क साम्पाङ राई र बालेन शाहजस्ता व्यक्तिलाई आफ्नो पार्टीमा स्वागत गर्न आफू तयार भएको बताएका थिए।

यद्यपी हर्क र बालेनले आफूहरु स्वतन्त्र नै रहने स्पष्ट पारिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्