कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : १८


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला टोखा न.पा–६ धापासीस्थित हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण गरेको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ उक्त कुर्ची प्रदान गरिएको हो ।

बिहीबार बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख श्री केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री दामोदर ढकाललाई उक्त कुर्ची हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने छ ।


प्रतिक्रिया दिनुहोस्