बबल बलमा बसेर गोरुसँग जिस्कन खोज्दा झन्डै गयो यी महिलाको ज्यान (भिडिओ)

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : १७


काठमाडौं। विश्वका कयौं हिस्सामा बुल फाइटिङ, बुल सो जस्ता कार्य मनोरन्जनका लागि हुन्छन्।

गोरुलाई जुधाएर अथवा गोरुसँग डरलाग्दा स्टन्ट गरेर रमाइलो गर्ने गरेको हामीले धेरै देशमा देखेका छौं।

अमेरिकामा पनि हालै एउटा बुल सो आयोजना गरिएको थियो। गोरुसँग खतरनाक स्टन्टका लागि केही मानिसहरु बबल बलमा बसेका थिए।

बबल बलमा बसेर गोरुसँग जिस्कन खोज्दा सो क्रममा एक महिलाको झन्डैले ज्यान गएको छ।

यो घटनाको भिडिओ पनि सार्वजनिक छ जहाँ बबल बल गोरुको सिङले फुट्छ र गोरुले महिलालाई लछार पछार गर्दछ।

केही मानिसहरुले गोरुलाई खेदेपछि मात्र ती महिलाको ज्यान जोगिन्छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्