सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई आर्थिक सहयाेग

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : ५५


काठमाडौं । सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले संस्थालाई नयाँ भवन निर्माणको लागि साढे एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन् ।

नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्