अवैधानिक रुपमा अमेरिका पुर्याएर छाडेको भन्दै चर्चित पञ्जावी गायक दलेरलाई जेल सजाय

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ५ : ५४


काठमाडौं। भारत पञ्जावका चर्चित गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय यथावत् हुने भएको छ।

सन् २००३ मा उनले भारतका केही नागरिकलाई अवैधानिक रुपमा विदेश पठाएको आरोप लागेको थियो।

सोही विषयमा उनी दोषी पाइएको भन्दै उनलाई मानव बेचविखनको कसुरमा जेल सजाय सुनाइएको हो।

प्रहरीका अनुसार आफुसँगै विदेश जानको लागि उनले मानिसहरुसँग मोटो रकम असुलेका थिए। आफ्नो कलाकारको टिममा मानिसहरु विदेश लैजाने फर्किँदा भने ती व्यक्तिहरु उतैतिर भाग्ने गरेका थिए।

सन् २०१८ मा उनलाई यस विषयमा दोषी ठहराएर जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले अदालतको फैसलालाई चुनौती दिएका थिए। यद्यपी उनलाई अदालतले जेलमै राख्न आदेश दिएको हो।

दलेरले सन् १९९८ र १९९९ का बिचमा १० व्यक्तिलाई अवैध रुपमा अमेरिका पुर्याएका थिए।


प्रतिक्रिया दिनुहोस्