रविले भने ‘अब नेपालमा बनेका पोशाक मात्रै लगाउनेछु’

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ३ : ४०


काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबदेखि आफूले नेपालमा बनेका पोशाक मात्र लगाउने बताएका छन् ।

पार्टी विस्तार अभियान अन्तर्गत विहिबार झापामा रहेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बोलेर मात्र राष्ट्रियता प्रदर्शन नहुने भन्दै उनले अब हरेक दिन नेपाली पोशाक लगाउने बताएका हुन् ।
उनको भनाई थियो ‘आजदेखि म नेपालमा बनेका पोशाकमात्रै लगाउनेछु ।’ अरु बेला प्रायः जिन्स र टिसर्टमा देखिने उनले विहिबारको झापाको कार्यक्रममा भने दौरा सुरुवाल लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्