काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मोसिट ओजिल अब टर्किस क्लब इस्तानबुल बासाकसेहिरबाट खेल्ने भएका छन् । इस्तानबुलले सामाजिक संजालबाट ओजिललाई अनुबन्ध गरिएको जानकारी दिएसंगै अब उनको यात्रा इस्तानबुलबाट अगाडी बढ्ने भएको हो ।
ओजिलले बुधबार मात्र टर्किस क्लब फेनरबाचे छाडेका थिए । फेनरबाचेसँगको सम्झौता अन्त्य गर्दै ओजिल प्रतिद्वन्दी क्लब इस्तानबुलमा आबद्द भएका हुन् ।
सम्झौता दुई वर्ष बाँकी रहदै ओजिलले फेनरबाचे छाडेका हुन् । इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए ।
३३ वर्षीय ओजिलले गत सिजन फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए।