एमालेले भन्योः एम अधिकारी महाप्रसाद होइनन्

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : ५४


काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ विभागमा रहेका एम अधिकारी महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एमालेको सदस्य भएको भन्दै चोतर्फी आलोचना भइरहेको छ। सो बारे स्पष्ट पार्दै एमालेले अधिकारी हाल पार्टीमा नरहेको जानकारी दिएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको उल्लखे गरेका छन।

पार्टीको अर्थ विभागमा रहेका एम अधिकारी सिए मनोज अधिकारी हुन् रहेको एमालेले प्रष्ट पारेको छ।

सत्ता गठबन्धनले भने गभर्नरले छद्म नाममा पार्टीको विभागमा बसेको भन्दै उनको राजीनामा मागिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्