संसदबाट श्रेष्ठले भने, ‘गभर्नरले राजीनामा दिनुपर्यो, होइन भने कागजात चाहियो’

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : ३७


 

काठमाडौँ । संसदमा पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा चर्को रुपमा उठ्न थालेको छ । एमालेको अर्थ विभागमा गर्भनर रहेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ । यसैबीच सत्ता पक्षका सांसदले गर्भनरले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् । ‘विवाद भइसक्यो । उनले भनेका छन् यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन, कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो होइन भने विवाद भयो अन्योल भयो भन्नेमात्र तर्क गरेर भएन, राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’

त्यसअघि उनले भनेका थिए( ‘हाम्रो राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ सर्ट फर्ममा एम अधिकारी हो कि भन्ने चर्चा छ । नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम। अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ । सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त ?’


प्रतिक्रिया दिनुहोस्