उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेद्वार

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : २०


नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन। उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन्।

यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन।

भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।


प्रतिक्रिया दिनुहोस्