सुनको भाउ बढ्यो

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : २१


काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९४ हजार १ सय रुपैयाँ पुगेको छ।

बिहीबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ।


प्रतिक्रिया दिनुहोस्