यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य: बिष्णु पौडेल

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : १८


काठमाडौं । नेकपा (एमाले)का उपध्यक्ष विष्णु पौडेलले मृत र्यापर यमबुद्धको शालिक बनाउने निर्णयको स्वागत गरेका छन्।

काठमाडौं महानगरपालिकाले यमबुद्धको शालिक बनाउने निर्णय गरेपछि आलोचना भइरहेको छ।

महानगरपालिकाले शालिक बनाउन १५ लाख बजेट विनियोजन गरेको थियो।

पौडेलले सामाजिक सञ्जालमा बालेनको निर्णय स्वागत योग्य भन्दै लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

बुधबार साँझ काठमाडौं महानगरका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेका थिए। अध्यक्ष ओलीसँगको भेटपछि एमाले नेताबाट यस्तो धारणा आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।’


प्रतिक्रिया दिनुहोस्