सिद्घार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई सहयोग

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ०४


काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वर अवस्थित नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्