काठमाडौं। दक्षिण अफ्रिकामा एक व्यक्तिको मदिरा पिएको दुई मिनेट भित्रै ज्यान गएको छ।
मसाम्बा क्षेत्रमा हालै दुई व्यक्ति मदिरा खरिद गर्न गएका थिए। सो क्रममा उनीहरुले दुई मिनेटभित्र एक बोतल रक्सी पिउनेले १० पाउन्ड अर्थात् १५ सय रुपैयाँ पाउने भन्दै बाजी राखे।
उनीहरुमध्ये एक व्यक्तिले जेगरमिस्टर भनिने मदिरा पिए। सो क्रममा एक बोतल मदिरा एकैपटक पिउना खोज्दा ती ३० वर्षका व्यक्ति भुइँमा लडेका थिए।
बाजी भएकाले उनीहरुले फोटो र भिडिओ खिचेका थिए। तर बिचमै ती व्यक्ति बेहोस भएर ढलेपछि उनलाई अस्पताल लगियो। अन्ततः उनको अस्पतालमा मृत्यु भएको घोषणा गरियो।