युनाइटेडमाथि एनआरटीको सान्तवना जित

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : २३


काठमाडौ । प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ । बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २-१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक(एक गोल गरे ।

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो । उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे ।

यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि(सिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्