बालेन पुगे भृकुटिमण्डप

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : ५३


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भृकुटिमण्डप पुगेका छन। बुधबार दिउँसो आगलागी भएपछि मेयर बालेन्द्र त्यहाँ पुगेका हुन्।

प्रहरीका अनुसार त्यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए। रासस

 


प्रतिक्रिया दिनुहोस्