कांग्रेस केन्द्रीय सदस्य पराजुलीले उठाए ‘धर्म निरपेक्षता’ हटाउनुपर्ने माग

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : ३८


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठाएका छन् । केन्द्रीय कार्यालय सानेपाान जारी केन्द्रीय समितिको वैठकमा पराजुलीले अब पार्टीले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न माग गर्दै हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् ।

‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका कुराहरु पनि त्यत्तिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव राख्न चाहन्छु ।’ उनले लिखित रुपमा भनेका छन् ।

केन्द्रीय सदस्य पराजुलीले यो एजेण्डाले कांग्रेसलाई नै हित गर्ने भन्दै यसका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्