प्रधानमन्त्री कार्यालय कब्जा गरे श्रीलंकामा प्रदर्शनकारीहरूले

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : २९


काठमाण्डौँ । श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्।

बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए।

उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए।

प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन्। बार भत्काएर प्रदर्शनकारी भित्र पसेको न्युजवायरले जनाएको छ।

राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति पनि छन्। प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा दिनु पर्ने माग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्