जर्मनीमा मुस्लिम महिलामाथि कुटपिट गर्दै हिजाब च्यातियो!

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : २७


काठमाडौं। जर्मनीमा एक मुस्लिम महिलामाथि कुटपिट गर्दै उनले लगाएको हिजाब च्यातिदिइएको छ।

राजधानी बर्लिनमा एक रेस्टुरेन्ट भित्र मुस्लिम महिलामाथि कुटपिट भएको हो।

लाइभ हिन्दुस्तानका अनुसार ती महिलाको शिरमा हिर्काएपछि उनको हिजाब च्यातिएको थियो।

ती महिलामाथि कुटपिट गर्ने व्यक्तिहरुले नश्लिय टिप्पणी पनि गरेका थिए। जर्मनीमा मुस्लिममाथि आक्रमण भएको यो पहिलो घटना भने होइन।

भारतमा पनि मुस्लिम अल्पसंख्यकमाथि आक्रमणको घटना भइरहन्छ। जर्मन सरकारले भारतमा हुने अल्पसंख्यकमाथिको ज्यादतिको बारेमा प्रश्न गरिरहन्छ।

सभ्य र विकसित भनिएको जर्मनीमा पनि मुस्लिममाथि आक्रमण भएपछि भारतका समाजिक संजाल प्रयोगकर्ताले जर्मनीको आलोचना गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्