बागमती सभ्यताका कर्मचारीलाई कुटपिट गर्ने भाइरल ‘सुन मुन्द्रे’ गिरफ्तार

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ४७


काठमाडौं। बागमती सभ्यताका कर्मचारी अनुगमनमा रहेका बेला उनीमाथि कुटपिट गर्ने ‘सुन मुन्द्रे’ भनेर चिनिने सुवास घिसिङलाइृ प्रहरीले पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योगमा सुन मुन्द्रेलाई प्रहरीले पक्राउ गरेको हो। भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर नगरपालिका ६ बस्ने ४८ वर्षीय सुन मुन्द्रे युट्युबका भाइरल व्यक्ति हुन्। शरीरका धेरै स्थानमा सुन लगाएका कारण उनी चर्चित छन्।

काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठमाथि उनले कुटपिट गरेको आरोप छ। उनी फोहोरको अनुगमन गर्न गएका थिए।

सुनमुन्द्रे गोकर्णेश्वरको फोहोर उठाउने ठेकेदार समेत हुन्। उनले फोहोर उठाएर बागमती किनारमा लगेर थुपार्ने गरेका थिए।

स्थानीयले पटकपटक गुनासो गरेपछि प्रहरी वृत्त बौद्धले पनि घिसिङलाई बोलाएर त्यहाँ फोहोर नराख्न भनेको थियो। त्यसरी राखेको गुनासोपछि समितिका कर्मचारी श्रेष्ठ पनि अनुगमनका लागि गएका थिए।

सोही क्रममा फोटो भिडिओ खिचेको भन्दै सुनमुन्द्रेले आक्रमण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्