राष्ट्रपति भागेसँगै श्रीलंकामा संकटकाल, प्रधानमन्त्री विक्रमसिंघे बने कार्यवाहक राष्ट्रपति

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : १५


काठमाडौं। राष्ट्रपति गोटबाया राजापाक्षे देश छाडेर माल्दिभ्स भागेसँगै श्रीलंकामा उनको राजिनामालाई लिएर तिव्र प्रदर्शन भइरहेका छन्।

राजापाक्षेले आज राजिनामा दिने भनिएको थियो। यद्यपी उनी राजिनामा नदिई देश छाडेर भागेका हुन्।

यतिबेला श्रीलंकामा थप हिंसा चर्कने त्रासका कारण संकटकाल घोषणा भएको छ। यसबीचमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई श्रीलंकाको कार्यवाहक राष्ट्रपति घोषणा गरिएको छ।

संसदमा सभामुखले विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका हुन्। पछिल्ला दिनहरुमा श्रीलंकामा सभामुख र प्रधानमन्त्रीको कार्यालयले नै सरकारी निर्णयहरु लिँदै आएको छ।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका हुन्।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्