गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : १८


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको कार्यकर्ता रहेको खुलेको छ।

उनी एमालेको अर्थ विभागको सदस्यमा रहेको भन्दै अहिले आलोचना सुरु भएको छ।

यसैबीच, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ।

एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो।


प्रतिक्रिया दिनुहोस्