अघि बढ्यो नागरिकता विधेयक

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : ४८


काठमाडौँ । नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामार्फत अघि बढेको छ । बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पेस गरेका हुन् ।

त्यसअघि नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नै बिरोधको सूचना राखेका थिए । तर, उनीहरुको बिरोधको सूचना बहुमतले अस्विकृत भएको थियो । योसँगै विधेयक अगाडि बढेको हो ।


प्रतिक्रिया दिनुहोस्