सिद्धबाबामा पहिरो, बुटवल–पाल्पा सडक अवरूद्ध

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ०८


बुटवल । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो।

पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्