शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ४७


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबीर२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।

यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र रु.१९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै ८*GB/२५६GB को शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र रु. १४९९ मा पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्