२० वर्षमा पहिलोपटक अमेरिकी डलर र युरोको भाउ समान

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : ३६


काठमाडौं। २० वर्षमा पहिलोपटक अमेरिकी डलर र युरोको भाउ समान भएको छ।

दुवैको मूल्यमा एक रुपता देखिएको हो।

यतिबेला १ अमेरिकी डलर १२७ नेपाली रुपैयाँ हो भने १ युरोको पनि १२७ रुपैयाँ नै हो।

यसवर्षको सुरुवातयता युरोको भाउ १२ प्रतिशतसम्मले खस्किएपछि युरो र अमेरिकी डलरको भाउ एक हुन पुगेको हो।

रुस र युक्रेनबीचको द्वन्द्वले ग्यास र इन्धनमा देखिएको प्रतिकुलताका कारण युरोको भाउ घटेको सीएनएनले जनाएको छ।

युरोपले रुसबाट हरेकवर्ष खपतको ४० प्रतिशतसम्म ग्यास र इन्धन प्राप्त गर्दथ्यो।

युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको पछि लाग्दै युरोपले पनि रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले कमै मात्रामा सो क्षेत्रमा ग्यास र इन्धन पठाएको छ।


प्रतिक्रिया दिनुहोस्