युक्रेनमा युद्धको आगो सल्काउने पुटिन ६९ वर्षको उमेरमा फेरि पिता बन्दै…

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ०३


काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६९ वर्षको उमेरमा फेरि पिता बन्ने भएका छन्।

डेलिमेलका अनुसार ३९ वर्षीया प्रेमिका अलिना काबेवा र पुटिन तेस्रो सन्तानको अभिभावक बन्न लागेका हुन्।

यसअघि पुटिनको पहिलो श्रीमतीबाट दुई छोरी जन्मिएको थियो। सन् २०१४ मा उक्त सम्बन्ध समाप्त भएको थियो।

खबरअनुसार पुटिनका हालका प्रेमिका अलिना पूर्व जिम्न्यास्ट हुन्। उनले ओलम्पिकमा स्वर्णपदक पनि हात पारेकी थिइन्।

अलिना र पुटिनबीच यसअघि नै दुई सन्तान भएको अनुमान गरिन्छ। तर पुटिनको निजी जीवन अत्यन्तै गोप्य भएकाले त्यो खुलाइएको छैन।

अहिले फेरि उनीहरुबाट छोरी जन्मिन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ।

युक्रेनमा युद्धको आगो सल्काएको भन्दै तिव्र आलोचना भइरहँदा पुटिन पुनः पिता बन्ने खबर आएको हो।


प्रतिक्रिया दिनुहोस्