सेयर बजार ११ अंकले बढ्यो

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ४५


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सामान्य सुधार आएको छ।

आज नेप्से परिसूचक ११ दशमलव ६८ अंकले बढेर १ हजार ९२७ दशमलव २८ विन्दुमा बजार बन्द भएको छ।

यस दिन कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ मा खरिदबिक्री भएको छ।

लगातार तीन दिनदेखि घटेको बजार मंगलवार भने बढेर बन्द भएको छ।

घटेको बजारमा खरीदकर्ताहरु सक्रिय भएसँगै बजार बढेको हो।

अघिल्लो कारोबार दिन सोमवार नेप्से परिसूचक ७७ ददशमलव शून्य १ अंक घटेको थियो।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्