जसपा विभाजनतर्फः बाबुरामले अघि सारे अबको गन्तव्यबारे दुई विकल्प

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ५९


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका हुन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराईसहित महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन् । बिस्तारित बैठकमा ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको जसपा नेताहरूको दाबी छ ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । उनका अनुसार पहिलो– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने ।

अब पार्टी पुनर्गठन अनिवार्य भएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्