बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौंमा

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ३१


काठमाडौँ । जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा बैठक सुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीमा देखिएको अन्तसंघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारीलगायतका एजेन्डामाथि छलफल हुने बताइएको छ ।

बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी छन् । अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको डिलमा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् । बैठकमा अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पनि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्