एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच भेटवार्ता

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १३


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका लिउले आज बिहान ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर भेटेका हुन् ।

उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ। भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायत नेता सहभागी थिए ।

आइतबार काठमाडौं आएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् । अब उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्न कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्