नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पवन कार्की पक्षले २ महिने संगठन सुदृढीकरण अभियान थालेको छ।
अध्यक्ष पञ्चा सिंहसँग विवाद बढेपछि कार्कीको संयोजकत्वमा बनेको समानान्तर समितिले सोमबार ललितपुरको पाटन संयुक्त क्याम्पसबाट २ महिने अभियान सुरु गरेको हो।
३ लाख नयाँ सदस्यता वितरण गर्ने लक्ष्य लिइएको अभियानको सोमबार संयोजक कार्कीले उद्घाटन गरे।
‘वास्तविक विद्यार्थी अखिल क्रान्तिकारी’ भन्ने मूल नारासहित २ महिने संगठन सुदृढीकरण अभियान थालेको संयोजक कार्कीले जानकारी दिए।
उपत्यका विशेष प्रदेशले सुरु गरेको अभियान सबै प्रदेश,जिल्ला,क्याम्पस,पालिका र इकाई सम्म चल्ने कार्कीले बताए।
क्रान्तिकारीको कार्की समूहले संगठन गठन, पुनर्गठन, भेला सम्मेलन गर्ने पनि जनाएको छ।