नामिवियाविरुद्ध सुरुवातमा सन्दीपले लिए २ विकेट

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ४६


काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सुरुवातमा दुई विकेट लिएका छन् ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ३ विकेट गुमाउँदै ७४ रन बनाएको छ । नामिबियाका क्रेग विलियम्स २१ बलमा ५ रनमा र क्रिजमा कप्तान गेर्हार्ड इरास्मस छन् । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए ।

ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६।३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । लरेन्स करण केसीको बलमा १८ रनमा कट एण्ड बोल्ड आउट भए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा सन्दीपले आक्रामक सुरुवात गरेका ककलाई एलबीडब्लू आउट गरे । सन्दीपले विकेटकिपर जीन ग्रिनलाई १५ औं ओभरको पहिलो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ गराउँदै नेपाललाई खेलमा फर्काउन खोजेका छन् ।


प्रतिक्रिया दिनुहोस्