नेपाल श्रीलंका मात्र होइन त्यो भन्दा पर जान सक्छः ओली

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ३८


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसंविधान जारी गर्ने बखतमा हतारहतार भएको बताएका छन् । सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्दा हतार भएको बताए ।

उनले भने ‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ ओलीले भने,‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’

फरक प्रसंगमा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।
‘दिदीले चलाउनुहुन्छ कि भाइले, भिनाजुले चलाउनु हुन्छ कि सालालेरु म त्यतातिर जान्नँ,’ ओलीले भने।

ओलीले जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बेलगाम बढेको बताए। उनले अहिलेको अवस्था निरन्तर रहे देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने दाबी गरे। ‘अहिलेको अवस्था निरन्तर रहे कम्तीमा पुग्ने भनेकै श्रीलंकामै हो, त्योभन्दा पर पनि जान सक्छ।’,ओलीले भने ।


प्रतिक्रिया दिनुहोस्