धोबीखोलामा फोहोर फाल्नेलाई बालेनले तिराए २५ हजार जरिवाना

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : २६


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराएका छन।

महानगरका मेयर शाहले रातोपुलनजिकै धोबीखोलामा फोहोर फालेको छानबिन गरी कारबाही गरिएको बताएका छन्।

उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन्।

आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो।


प्रतिक्रिया दिनुहोस्