अदालतमा बुझाइयो श्रीलंकन राष्ट्रपति कार्यलयमा भेटिएको रकम

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ५९


एजेन्सी ।   श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्शनकारीहरूले फिर्ता गरेपछि अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।

शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षे निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्राप्त गरेको १७ दशमलब ८५ मिलियन श्रीलंकाली रुपी ९करिब ५० हजार डलर० सोमबार अदालतमा बुझाइएको हो । ‘ प्रहरीले नगद नियन्त्रणमा लिएको छ र आज अदालतमा पेस गरिएको छ,’ प्रहरी प्रवक्ताले भने ।


प्रतिक्रिया दिनुहोस्